काठमाण्डौँ, चैत्र १२

एक दिवसीय क्रिकेटमा नेपाल पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेटमा ६ रनले पराजित भएको छ ।

पहिलो पटक पीएनजीसँग नेपालको पराजित भएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रोहितकुमार पौडेले कीर्तिमानी पारी खेलेका थिए भने उनले १०७ बलमा १२६ रन बनाए पनि नेपाल विजयी हुन सकेन ।

नेपाललाई जितका लागि अन्तिम २ ओभरमा १५ रन चाहिएको थियो । तर ४९ औं ओभरमा ५ रन मात्र बनाए पछि अन्तिम ओभरमा नेपाल दबाबमा प¥यो ।

यसअघि पीएनजीविरुद्ध २९३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालको सुरुवात राम्रो हुन सकेन । ओपानर अनिल साह आठौं ओभरका व्यक्तिगत ६ रन बनाएका थिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।