एजेन्सी, चैत्र १२

ईण्डियन प्रिमियर लिग २०२२ आज देखि सुरु हुँदैछ ।

आईपिएलमा दश वटा टिम सहभागी हुने जनाइएको छ ।

शनिबार साँझ नेपाली समय अनुसार पौने ८ बजेदेखि कोलकात्ता नाइट राईडर्स र चेन्नई सुपरकिंग वीच युएईको अवुधाविमा पहिलो खेल हुनेछ ।

चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा छ भने कोलकात्ताको कप्तानी दिनेश कार्तिकले गरिरहेका छन् ।

आईपीएलमा चार खेल खेलेको कोलकात्ता चार अंक जोडेर अंकतालिकाको चौथो स्थानमा रहेको छ भने पाँच खेलबाट चार अंक जोडेको चेन्नई पाँचौँ स्थानमा छ । दुबै टोली आजको खेलमा जित निकालेर अंकतालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छन् ।

यस आईपिएलमा दिल्ली क्यापिटल, मुम्बई ईण्डियन, कोलकात्ता नाइट राईडर्स, चेन्नई सुपरकिंग, किंग्स एलेभन पञ्जाब, रोयल चैलेञ्जर बैंग्लर, सनराइज हैदाराबाद, राजस्थान रायल, लखनउ सुपरजाइन्ड र गुजरात टाइटन्स सहभागी छन् ।

यो खेल करिब एक महिनासम्म चल्ने छ ।