पर्सा, चैत्र १२
पत्रकारको हकहीत, संचारमाध्यम र पत्रकार आचारसंहिता निर्माणका लागि आयोजना गरिएको भनिएपनि अधिकांश क्रियाशील पत्रकार र पत्रकार सम्बद्ध संघसंगठनलाई बेवास्ता गरेको प्रति मिडिया काउन्सिल विवादमा तानिएको छ ।
मिडिया काउन्सिल मधेश प्रदेशले संचार माध्यम र पत्रकार अचारसंहिता निर्माण सम्बन्धि सुझाव संकलन कार्यशाला गोष्ठीमा क्रियाशील पत्रकारलाई बेवास्ता गरेको भन्दै पत्रकार संगठनले आपत्ति जनाएका छन् ।
शुक्रबार वीरगञ्जमा आयोजना गरिएको संचार माध्यम र पत्रकार अचारसंहिता निर्माण सम्बन्धि सुझाव संकलन कार्यशाला गोष्ठीमा आफू अनुकुलका पत्रकारहरुलाई सहभागी गराएकोमा बिभिन्न तीन पत्रकार संगठनले आपत्ति जनाएका छन् ।
नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी , प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतम र समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले सयुक्त प्रेस बिज्ञप्ती जारी गरी आपत्ति प्रकट गरेका हुन् ।
प्रदेश सरकारको पत्रकार आचार संहिता निमार्ण गर्नका लागि सुझाव संकलन जस्तो संवेदनशील गोष्ठीमा कुनै एक विचार समुहको मात्र प्रतिनिधित्व गराईएकोमा विरोध जनाईएको हो ।
आयोजक मिडिया काउन्सिलले पर्साबाट विभिन्न संचार माध्यमका प्रकाशक/ संचालक/ सम्पादक र राष्ट्रिय मिडियामा कार्यरत क्रियाशिल पत्रकारहरुको सहभागिताको लागि नेपाल पत्रकार महासंघ पर्सा शाखालाई जिम्मा दिएको थियो तर पर्साका अधिकांश संचार माध्यमका प्रकाशक/ संचालक/ सम्पादक र क्रियाशील पत्रकारहरुलाई जानकारी नै नदिई कार्यक्रम सम्पन्न गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
विगतमा पनि नेपाल पत्रकार महासंघबाट यस्तो कार्यहरु हुँदै आएकाले अगामी दिनमा कुनै पनि कार्यक्रम आयोजना गर्दा आयोजकले यस तर्फ ध्यान पु¥याउन सम्बन्धित सबैलाई बिज्ञप्ती मार्फ आग्रह समेत गरिएको छ ।