सर्लाही, चैत १२

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि सांघातिक आक्रमण भएको छ ।

सर्लाहीमा क्लबको भवन बनाउने विषयमा झडप हुँदा प्रमुख सचेतक साहको टाउको फुटेको छ भने उनका अंगरक्षक पनि घाइते भएका छन् ।
अंगरक्षकको साथमा रहेको पेस्तोल पनि खोसिएको स्थानीय अनिल साहले बताए ।

शनिबार बिहान सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्बर ६ बयलवासमा फुलझरी युवा क्लब बनाउने नबनाउने विषयमा झडप हुँदा संघीय सांसद साह र उनका अंगरक्षक घाइते भएको ईलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए । उनले सांसद साहको टाउकोमा २०÷२५ वटा टाँका लागेको पनि बताए ।

घाइते भएका सांसद साह र अंगरक्षकको स्थानीय अमित हेल्थकेयरमा उपचार भइरहेको छ भने थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी रहेको रहेको उनले बताए ।

बयलवासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गा र भवन निर्माणको विषयमा केही दिन देखि स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो ।

विवादले उग्ररुपमा लिएपछि सांसद साह बिहान घटनास्थल पुगे लगत्तै झडप भएको थियो ।