छत्तिसगढ, एजेन्सी
छानबिनको आदेश
छत्तिसगढमा एक पिताले छोरीको शव काँधमा लिएर अनवरत हिड्दै गर्दाको भिडियो निकै भाइरल भएको छ । सो भिडियो भाइरल भएपछि सरकारको समेत ध्यानाषर्ण भएको छ भने छानविनको आदेश समेत दिएको छ ।
छत्तीसगढको सुरगुजा जिल्लाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एक पिता आफ्नी छोरीको शव काँधमा लिएर हिँडिरहेको देख्न सकिन्छ । समाचार एजेन्सी पीटीआईका अनुसार शव वाहन भेट्न ढिलो भएका कारण ती पता दश किलोमिटर पैदल हिँडेर आफ्नो घर पुग्नुपरेको थियो । यस विषयमा राज्यका स्वास्थ्यमन्त्री टीएस सिंहदेवले छानबिनको आदेश दिएका छन्।
सिंहदेवले यस घटनामा दोषीलाई कारबाही गरिने बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘स्वास्थ्य विभागमा उपस्थित कर्मचारीले उचित संवादमार्फत परिवारलाई अवस्थाबारे जानकारी गराउनुपर्थ्यो र समवेदना प्रकट गर्नुपर्थ्यो। यस घटनामा दोषी पाइएमा कारबाही गरिनेछ ।’
ट्वीटरमा यस घटनासँग सम्बन्धित समाचार साझा गर्दै स्वास्थ्यमन्त्रीले लेखेका छन्, ‘यो तस्बिरमा देखिएका दृश्यहरु दुर्भाग्यपूर्ण छन् र सम्भावित उपचारपछि बालिकाको मृत्यु हुनु अत्यन्तै दुःखद छ ।’ शव देखिएपछि उनलाई पनि अस्पताल बोलाइएको थियो । तर, यसैबीच शोक सन्तप्त परिवारले विचलित अवस्थामा शव लैजाने निर्णय गरेका छन् ।
एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सुरगुजा जिल्लाको अमदला गाउँका निवासी ईश्वर दास आफ्नी बिरामी छोरीको उपचारको लागि लखनपुर सामुदायिक स्वास्थ्य केन्द्र गएको जनाएको छ । अस्पताल पु¥याउने क्रममा बालिकाको स्वास्थ्य बिग्रिएको भन्दै अस्पताल पुगेपछि उपचार सुरु गरिएको तर बालिकालाई बचाउन नसकेको स्वास्थ्य अधिकारीहरूको दाबी छ ।
बालिकाको साँझमा मृत्यु भएको स्वास्थ्य केन्द्रका ग्रामीण चिकित्सा सहायकले जानकारी दिए । बालिकाका लागि शववाहन बोलाइएको थियो । तर रातिसम्म गाडी अस्पताल पुग्दा बालिकाका बुवाले शव लिएर हिँडिसकेका थिए ।