जनकपुर, चैत्र १२

धनुषाको औरही गाउँपालिकामा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

शनिबार औरही गाउँपालिका वडा नम्बर–२ मा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

जनकपुरधामस्थित नवजिवन हस्पिटलको सहयोगमा परवाहास्थित शिवशक्ति आधुनिक विद्यालयमा भएको निःशूल्क स्वास्थ्य शिविरमा ४६७ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

No description available.

शिविरमा वरिष्ठ फिजिसियन डा.महेश महासेठ, जेनरल फिजिसियन डा.धर्मेश वर्मा, डेन्टल सर्जन डा.ऋषिकेश प्रताप साह, बाल रोग विशेषज्ञ डा. वैद्यनाथ ठाकुर, एम.डी. इमरजेन्सी मेडिसिन डा.शरद यादव, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.जयनाथ साह, जेनरल सर्जन डा.रोविन प्रताप साह, क्यान्सर रोग विशेषज्ञ डा.अवधेश कुमार साह, फिजियोथेरापी डा.कुशेश्वर यादवलगायतकाहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

सो अवसरमा औरही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवले चिकित्सकहरुलाई सम्मान समेत गरेका थिए ।

निःशूल्क स्वास्थ्य शिविरको आयोजना स्थानीय सुजित मिश्र र सन्तोष ठाकुरको संयूक्त अगुवाईमा भएको शिविरबाट सयौँ स्थानीयवासीहरु लाभान्वित भएका छन् ।

No description available.