
एजेन्सी, चैत्र १३
कोलकाता नाइड राइडर्सले इन्डयिन प्रमियिर लिगमा सुखद सुरुवात गरेको छ ।
शनबिार भएको उद्घाटन खेलमा सावकिको विजेता चेन्नई सुपर कङ्सिलाई ६ विकेटले हाराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
चेन्नईले दिएको १३२ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।
कोलकाताका लागि अजिंगे रहानेले सर्वाधकि ४४ रनको योगदान गरेका थिए भने ३४ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।
कोलकाताका श्याम विलिङ्सिले २५ रन बनाउँदा नितिश रानाले २१ रन तथा श्रेयस ऐयरले २० रन बनाएका थिए । बलिंगतर्फ चेन्नईका लागि ड्रेन ब्राभोले तीन विकेट लिएका थिए । त्यस्तै मिचल सेनेटरले एक विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिंग गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३१ रन बनाएको थियो ।
चेन्नईका लागि मेहेन्द्रसिंह धोनीले ५० रनको अर्धशतकीय पारी खेलेका थिए । ३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । रविन उथप्पाले २८ रन बनाउँदा कप्तान रवीन्द्र जडेजाले नटआउट २६ रन बनाए ।
बलिंगतर्फ कोलकाताका लागि उमेश यादवले दुई विकेट लिए । त्यस्तै बरुण चक्रवर्ती र आन्द्र रशलले एक–एक विकेट लिए ।
जितसँगै कोलकाताले प्रतियोगिताको पहिलो खेलमा २ अंक जोडेको छ ।