काठमाण्डौँ, चैत्र १३

स्थानीय तहको निर्वाचनका लागि अब मात्र ४७ दिन बाँकी रहेको छ ।

आइतबार निर्वाचन आयोगले निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको जनाइएको छ । आयोगले दिएको जानकारी अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदानका लागि योग्य रहेका छन् ।

यसअघि मतदाता नामावलीमा दावी विरोधका लागि फागुन १९ देखि एक साताको म्याद दिएको थियो ।

सो प्रक्रिया पुरा भएको आयोगले जनाएको छ । दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ ।

अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर नहुने आयोगले जनाएको छ । यस वर्ष करिब दुई लाख मतदाता थपिएको छ ।