
एजेन्सी, चैत्र १३
जर्मनीले इजरायललाई हराउँदै जित हात पारेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इजरायललाई हराउँदै जर्मनीले २–० को नतिजा हात पा¥यो ।
शनिबार राति भएको खेलमा जर्मनीलाई जिताउन काइ हार्भट्ज र टिमो वेर्नेरले एक–एक गोल गरेका थिए ।
खेलको २६ औं मिनेटमा हार्भट्जले गोल गर्दै जर्मनीलाई सुरूवाती अग्रता दिलाएका थिए ।
इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीलाई पहिलो हाफमै अग्रता दोब्बर बनाउन सफल भएका थिए ।
इन्जुरी समयमा पाएको पेनाल्टीको मौकालाई कोहेनले भने केही गर्न सकेन ।
त्यसअघि खेलको ८९ औं मिनेटमा जर्मनीका थोमस मुलरले पनि पेनाल्टीमा गोल गर्न नसक्दा अग्रता बढाउने मौका गुमाएका थिए ।