जनकपुर, चैत्र १३

सत्तारुढ जनता समाजवादी पार्टी नेपाल धनुषाका स्थानीय यूवा नेता नविनकुमार यादव पक्राउ परेका छन् ।

लेनदेन मुद्दामा उनलाई धनुषा जिल्ला अदालतको आदेशमा धनुषा प्रहरीले तीन दिन अघि नै पक्राउ गरेको हो ।

एक वर्ष कैद वा ५ लाख रुपैयाँ विगो सहितको माग गर्दै लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतमा दिएपछि नविन यादव पक्राउ परेको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनी तीन दिन देखि जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा छन् ।

विगो सहितको रकम नतिरेमा यादवलाई अदालतले जेल जान पनि सक्ने उनले बताए ।