
जनकपुर, चैत्र १५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको दुई वटा गाउँपालिकामा छापामारी गरेको छ ।
मंगलबार मधेश प्रदेशको पर्सा र सर्लाही जिल्लाको विभिन्न पालिकामा छापामारी गरि अख्तियार आयोगले केही कागजातहरु नियन्त्रणमा लिएको हो ।
कोरोनाकालमा नक्कली बिल बनाएर राहत वितरण गरेको भन्दै अख्तियारको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका र सर्लाहीको कौडेना गाउँपालिकाको कार्यालयमा छापा मारेको कार्यालयले जनाएको छ ।
अख्तियार आयोग केन्द्रीय कार्यालय काठमाडौं र मधेस प्रदेशको कार्यालय बर्दिबासको संयुक्त टोलीले सोमबार बिहान दुवै गाउँपालिकाको कार्यालयमा छापा मारेको स्रोतले जनाएको छ ।
कोरोनाकालमा खाद्यान्न सामग्रीसहित अन्य राहत सामग्रीहरूको नक्कली बिल बनाएको भेटिएपछि छापामारी गरेको जनाइएको छ ।