सर्लाही, चैत्र १६

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सर्लाही इश्वरपुर नगरपालिका वडा नम्बर ६ स्थित बयलवासका दुई जनालाई पक्राउ गरेको हो ।

सर्लाहीका जिल्ला प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले सांसद साहमाथि आक्रमण गर्ने कार्यमा संलग्नमध्ये दुईजनालाई पक्राउ गरिएको जानकारी दिए । यद्यपि प्रहरीले पक्राउ गरेका दुवैजनाको नाउँ भने गोप्य नै राखेको छ । एसपी प्रसाईंले घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
शनिबार बिहान सडक विस्तारको क्रममा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो। झडपका क्रममा सांसद साहमाथि आक्रमण भएको थियो।कुटपिटबाट घाइते भएका साहलाई उपचारार्थ हेलिकप्टरमा शनिबारै काठमाडौं ल्याइएको छ।

साहले आफूमाथि योजनावद्ध ढंगले आक्रमण भएको उल्लेख गरेका छन् । पछाडिबाट अचानक धारिलो हतियारले आफूमाथि प्रहार भएको उनले बताएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँण काठमाडौंको मेडिसिटी अस्पताल पुगेर साहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले घटनाको छानबिन गरी दोषीउपर कारबाही हुने बताए ।

जसपाले नेकपा एमालेका कार्यकर्ताहरूले सांसद साहमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

सांसद साहले फेसबुकम लेखेका छन्ः–

ईश्वरपुर घटनाको बारेमा सबै जसो मिडियामा समाचार सम्प्रेषण गरिएको छ तर वास्तविक के हो भन्ने कुरा कुनै पनि मिडियामा समाचार बनेको देखेन । के वास्तविकता नजानेर हो कि जानेर लेख्न चाहनु भएन रु यो घटना किन भयो रु यो हुनुको कारण के हो रु यसमा कसले कस्तो भुमिका खेल्यो रु यी यथावत कुराहरू जनता सामु आउन जरूरी देखिन्छ ।
फुलजोरदेखि भेल्हीसम्म निर्माण हुने सडक बिस्तारको लागि मिति २०७६ र १२ र ५ गतेको दिन ईश्वरपुर नगरपालिकाले सर्वदलीय एवं सर्वपक्षीय निर्णय गरिएको थियो । त्यो निर्णय के थियो भने सडकमा रहेको जति पनि घर जगा पुर्ण रूपमा खाली गर्नु पर्ने । जबकी सडकको लागि १६ मिटर जग्गा मात्र चाहिएको थियो तर ती सडकमा १४ र १५ मिटर सडक छँदै थियो । सडक विस्तारको लागि बढीमा १ र २ मिटर सम्म घर तोडिने अवस्था थियो तर ५० औं वर्ष देखि बयलबास बजार लगाउनेहरूको १ तला देखि ४ तलाको भवन तोडाउन गरेको निर्णयको म विरोधमा नै थिएँ ।
तर सर्वदलीय निर्णय भएकोले चुप लागें। त्यही निर्णयलाई अधार बनाएर तत्कालीन गृहमन्त्री देखि सचिव सबैको ताकत लगाएर २०७७ सालमा मेयर आफैँले डोजर लगाएर फुलजोर युवा क्लबको घर तथा सबै व्यापारीहरूको घर तोडन लगाए । तर फुलजोर युवा क्लबको घर आधी तोडियो र आधी पछि तोड्छु भन्ने गरियो । तर अहिले आएर फुलजोर युवा क्लवको घर पुनः बनाउन लगाए । त्यो घर बनाउन लगाउँदा पुनः व्यापारीहरूले आ–आफ्नो जग्गामा बोल्डर झार्ने कार्य गरियो । वहाँहरूको भनाई के थियो भने जब हामीहरूको चार तले घर तोडियो त फेरि सडकमा कुनै क्लबको घर कसरी बनाउन मिल्छ । त्यो कुरा त्यहाँको व्यापारीहरूले मलाई पनि जानकारी गरायो । मैले तत्कालै प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखलाई जानकारी गराए पश्चात् रोक्ने कार्य पनि भयो ।
तर पुनः क्लवको सदस्यहरूलाई उचालेर नगर प्रमुखले स्थानीय चुनावको मुखमा जातिय द्वन्द्व भडकाई आफ्नो चुनावी फाइदा लिने हिसावले खाली गराएको जग्गाबाट २५ र ३० वटा सटर बनाउने हिसाबले करिव १०० मिटर लामो र ३० मिटर चौडो जग्गा छोडेर नाला बनाउन लाग्दा मैले यसो गर्नु राम्रो हुँदैन यदि यहि गर्नु थियो भने वर्षौदेखि बजार लगाउने व्यापारीहरूको ४ तले घर किन तोडनु पर्यो ? १४ र १५ मिटर सडक छदै थियो १६ मिटरको सडक बनाउन धेरै ठूलो क्षती हुँदैन थियो । जसले बजार लगाउन वर्षौ सम्म मिहिनेत गरियो ती व्यापारीहरूलाई उठीवास किन गरियो रु एक जना विधवा महिलाले आफ्नो सर्वस्व बेचेर घर किनेको थियो तर उ आज रोडमा भिख माग्ने अवस्थामा पुगेको छ । लाखौको व्यापार गर्ने व्यापारीहरूलाई उठीवास गराएको छ । यी कुराहरू मैले बारम्बार सिडिओ र एसपीलाई जानकारी गराउँदा पनि नश्लीय सोचबाट ग्रसित मानसिकता भएका प्रशासनले विगतमा घर तोडदा पनि चुप लागे र अहिले फेरि जग्गा छोडेर नाला निर्माण गर्दा पनि चुप लाग्नुको कारण के रु के विगतमा भएको निर्णय कार्यान्वयन गराउने जिम्मा प्रशासनको होइन र?
यसरी मैले बारम्बार प्रशासनलाई भनी राख्दा पनि प्रशासनले नसुने पछि जनताको आग्रहमा खबरदारी जुलुस गर्न लागे । खबरदारी जुलुस लगाएर रिटर्न हुँदा सबैलाई समेटने गरि म पछाडी आए त्यसै क्रममा मेयरले राखेको गुन्डा लगाएर पछाडीबाट धारिलो हतियारबाट मेरो टाउकोमा संघातिक आक्रमण गरे । पछाडीबाट भएको यो संघातिक आक्रमणमा स्थानीय प्रहरी मुक दर्शक भएको धेरै जसो भिडियोले प्रमाणित गरेको छ ।
मलाई जब एक जना व्यापारीले आफ्नो मोटरसाइकलमा ल्याएर होस्पीटल भर्ना गरे । २० मिनेट पछि होस्पीटलको गेटमा २०र२५ जना आएर भित्र पस्न खोजी रहेको थियो । होस्पीटलको गेटलाई ५ मिनेट जति तोडन खोज्दा नतोडिए पछि गेटको माथीबाट ६ र ७ जना चढेर होस्पीटल भित्र पसी मेरो अंगरक्षक विनोद यादवलाई कुटपिट गरि समेत घाइते बनायो र पेस्तोल समेत झिकेर लग्यो । होस्पीटलको अगाडि जति जना केटा थियो त्यो भन्दा बढी प्रहरी थियो तर प्रहरीले तिनीहरूलाई केही पनि गरेन र ती व्यक्ति पेस्तोल लिएर भागे । यस्तो कार्यशैली प्रहरीको हेर्दा के लाग्छ भन्ने सबै घटना योजना बद्ध ढंगबाट गराइएको देखिन्छ । त्यति मात्र होइन त्यहाँ बाट गएर पार्किङ गरि राखिएको ५०र७० वटा मोटरसाइकल तोडफोड तथा गाडी समेत तोडफोड गरिएको छ । प्रहरीको उपस्थितिमा नै ३र४ वटा मोटरसाइकलमा आगो लगाएको छ ।
यसरी हेर्दा स्थानीय सरकार प्रमुख र प्रहरीको मिलोमतोमा गराइएको यो घटनालाई हामीले कसरी बुझ्ने रु सम्प्रदायिक प्रहरी र जातीय द्वन्द भडकाउने स्थानीय प्रमुखले एउटा मधेसी सांसदलाई हेर्ने दृष्टिकोण कस्तो रहेको छ । यो देशमा एउटा सांसदलाई सुरक्षाको अनुभूति दिन नसकिने प्रहरीले आम जनतालाई सुशासनको अनुभूति कसरी दिन्छ रु होस्पीटलमा पसेर हतियार छिनेर लाने व्यक्ती समेत प्रहरीले नसमात्नुको कारण के हुन सक्छ रु राष्ट्रको चौथो अंगले वास्तविक कुराको खोजी गर्न जरूरी देखिन्छ ।
त्यसैले मेरो बिनम्रता पुर्वक आग्रह छ कि विगतमा भएको सर्वदलीय निर्णयलाई टेकेर जब घरहरू तोडियो त अहिले किन तोडेको क्लवको घर पुनः बनाउनु पर्यो । यदि क्लबको घर चाहिन्छ भन्ने क्लवको घर छोडेर सडकमा सटर बनाउन किन जग्गा छोडेर नाला निर्माणको कार्य गर्न ठेकेदारलाई प्रेसर गरेर काम गर्न लगायो । यो सबै विषयलाई बुझेर समाचार बनाउन पुनः आग्रह गर्न चाहन्छु । मैले बिगतदेखि नै जनताको हक हितमा बोल्ने बानी भएको कारणले अहिले पनि जनताको विषय जोडेको हुदा मैले यो मुद्दा उठएको छु यसमा मेरो व्यक्तिगत न घर टुटेको छ न मेरो जग्गा मिचेको छ १ मलाई जति दुःख दर्द पुर्याए पनि म बाचुन्जेल सम्म जनताको हितमा गरिने कार्य गरी रहने छु भन्ने विश्वास दिलाउन चाहन्छु ।