जनकपुर, चैत १७

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई मधेशमा एमाले प्रवेशको लहर चलेको बताएका छन् ।

बिहीबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै महासचिव पोखरेलले पार्टीको मन भन्दा जनता र कार्यकर्तालाई साथमा लिएर बलियो एमालेको सरकार नै जनताको अपेक्षा रहेको बताएका हुन् ।

प्रदेश ५ का पूर्वमुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोजगारी समस्या हल गर्दै मुलुकको नाटकीय परिवर्तनका लागि विकास निर्माणलाई प्राथमिकता दिइने बताए ।

उनले भने, ‘एमालेमा प्रवेशको लहर छ, जनताले एमालेको सरकार खोजेको छ, एमालेले सरकारको नेतृत्व गर्छ, विकास र निर्माणका लागि नाटकीय परिवर्तन आउनेछ ।’

उनले अघि थप्दैँ भने, ‘एमालेको मुख्य एजेण्डा विकास र समृद्धि छ, गरिबी र बेरोजगारीको अन्त्य नै एमालेको मुख्य एजेण्डा हो ।’
उनले विगतमा एमालेप्रति मधेशमा सामन्ती मनोवृत्तिको थलो रहेकाले भ्रम छर्ने र अफवाह फैलाउने कार्यलाई विफल पार्न सफल भएको बताए ।

उनले एमालेले विगतमा “रे नही, जी कहो” भन्ने अभियान नै चलाएको बताउँदै उनले सामन्त मनोवृत्तिको नास हुनु जरुरी रहेको बताए ।