जनकपुर, चैत्र १७
स्कुल बसको ठक्करबाट जनकपुरधाममा एकजना पुरुषको मृत्यु भएको छ ।
बिहिवार विहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ खाद्य संस्थान अगाडी जनकपुरधामबाट लक्ष्मीनियाँ तर्फ जाँदै गरेको पुष्पबाटिका स्कुलको बसको ठक्करबाट क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका करिब ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएको लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो ।
यता ठक्कर दिने बसका चालक फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।