सप्तरी, चैत्र १७

सप्तरीमा म्यादी प्रहरीमा भर्ना गराई दिने भन्दै विभिन्न व्यक्तिहरुसंग रकम असुलेको आरोपमा एक यूवालाई प्रहरीले पक्राउ गरेका छन् ।

रकम असुली भईरहेको भन्ने सूचना सप्तरी प्रहरीले जानकारी पाएपछि सप्तरीका महादेवा गाउँपालिका वडा नम्बर २ का २३ वर्षिय अरविन्दकुमार मण्डललाई प्रहरीले पक्राउ गरेका हुन् ।

आगामी वैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचन २०७९ को लागी म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरी सकेका बिभिन्न ब्यक्तीहरुलाई म्यादीमा लगाई दिन्छु भनी ललाई फकाई प्रलोभनमा पारी रकम लिने गरेको आरोपमा प्रहरीले आरोपित मण्डललाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनले यस बारे थप अनुसन्धान कार्य भईरहेको बताए ।