जनकपुर, चैत्र १७

जनता समाजवादी पार्टी नेपालका स्थानीय यूवा नेता नविनकुमार यादवलाई धनुषा अदालतले जेल चलान गरेको छ ।

जसपा नेपाल धनुषाका स्थानीय यूवा नेता यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा जेल चलान सिन्धुली कारागारको फैसला गरेको हो ।

एक वर्ष कैद वा ५ लाख रुपैयाँ विगो सहितको माग गर्दै लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतमा मुद्दा परेपछि यादव केही दिनअघि पक्राउ परेका थिए ।

विगो सहितको रकम यादवले नतिरेपछि धनुषा अदालतले एक वर्षका लागि जेल चलान गर्ने फैसला सुनाएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

यादवलाई यसअघि पनि जनकपुरधामको एक क्याफेमा महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा धनुषा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जनकपुरधामको शिवचोकस्थित जेएफसि क्याफेमा २०७७ साउन १० गते राति खाजा खाने क्रममा दुई महिलालाई यादवले जिस्क्याउदैँ दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो ।
यादव जसपा नेपाल संघीय परिषद्का सदस्य थिए ।