सिरहा, चैत्र १७

सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादवले जनता समाजवादी पार्टी परित्याग गरेको जनाएकी छन् ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा गाउँपालिकाकी उपाध्यक्ष यादवले एक विज्ञप्ति जारी गर्दै साधारण सदस्यसमेत नरहने गरी जसपा नेपाल परित्याग गरेको घोषणा गरेकी हुन् ।

उनले केन्द्रीय अध्यक्ष समक्ष निवेदन दिएपनि सुनवाइ नभएको, जिल्ला अध्यक्षलाई दिएको निर्देशन पालना नभएको र पार्टी हितविपरीत काम गर्नेलाई कारबाही नगरेको जनाएकी छिन् ।

उपाध्यक्ष यादवले पार्टीमा व्यक्तिवादी हाबी भएको, आफूमाथि अन्तर्घात गरेको, राम्रो कामको मूल्याकंन नगरेको र उल्टै अपमानित गर्ने जस्ता आरोप लगाउँदै पार्टी छाडेकी हुन् ।

May be an image of text