जनकपुर, चैत्र १७
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धनुषामा नेपाली काँग्रेसले घर घर जाँउ कांग्रेस जिताउ अभियान आरम्भ गरेको छ ।
बिहीबार जनकपुरधाममा नेपाली काँंग्रेस धनुषाको आयोजनामा काँग्रेसकी केन्द्रिय सदस्य मञ्जु खाँणले अभियानको उद्घाटन गर्दै अभियानको सुरुवात गरिन् ।
नेतृ खाँणले जनकपुरधाममा काँग्रेसमा रहेको विभिन्न गुटउपगुट र विभिन्न समूहका कार हार बेहोर्नु परिरहेको बताउँदै उनले काँग्रेस हार्नुको एउटा मात्र कारण पार्टी भित्रको मनमुटाव र गुटउपगुट रहेकाले त्यसलाई सुधार गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरिन् ।
उनले कांग्रेसलाई मन र मस्तिष्क राखेर चुनावमा एकवद्ध भई लागेर अघि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिइन् ।
अधिकांश वक्ताले महिलालाई स्थानीय तहको निर्वाचनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनीहरुले महिलालाई स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा टिकट दिएर चुप लागेर बस्नु पर्ने बाध्यताको अवस्था सृजना गरिएको भन्दै यसपालि महिलालाई स्थानीय तहको प्रमुख पदमा नेतृत्वदायी भुमिका दिनुपर्ने महिला नेतृहरुको भनाइ छ ।
काँग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको अध्यक्षतामा भएको थियो ।