काठमाण्डौ, चैत्र १७
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी केन्द्रियकारिणी समितिलाई दिने निर्णय गरेको छ ।
बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बसेको बैठकले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कुनै पनि खास पार्टीसँग गठबन्धन नगर्ने निर्णय गरेको हो ।
स्थानीय आवश्यकता र औचित्यको आधारमा स्थानीय तहमा गठबन्धन गर्नका लागि पार्टीको स्थानिय पार्टी समितिलाई अधिकार दिइएको लोसपा नेपालका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
गाउँपालिका र नगरपालिकाले आवश्यकता र औचित्य अनुसार गठबन्धन गर्न सक्ने र त्यसको लागि अनुगमन गर्ने जिम्मेवारी प्रदेश तथा जिल्ला समितिलाई दिइएको उनले स्पष्ट पारे ।
सो बैठकबाट पार्टीको विधानलाई परिमार्जनसहित पारित समेत गरेको छ ।