जनकपुर, चैत्र १८

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गठनबन्धन सरकारमा रहेकाले गठबन्धन अनुसार अघि बढ्ने बताएकी छिन् ।

शुक्रबार जनकपुरधाममा संचारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री यादवले विभिन्न परिस्थितीलाई मध्यनजर गर्दै आवश्यकता अनुसार गठबन्धन हुने बताइन् ।

मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसकेपनि आवश्यकता अनुसार गबन्धन गर्न सकिने बताइन् ।
उनले राजनीतिमा हरेक थोक सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालसंग पनि गठबन्धन हुन सक्ने भन्दै उनले यसका लागि मन र नियत साफ हुनुपर्ने बताइन् ।

नेपाल रेल्वे उद्घाटन कार्यक्रममा सरिक हुन जनकपुरधाम आएकी मन्त्री यादवले भने, ‘गठबन्धनमा विचार, मन र नियत मिल्यो भने गठबन्धन पनि भएको छ ।’

उनले अघि थप्दैँ भनिन्, ‘अहिले गठबन्धनकै सरकार छ, मन र नियत साफ राखेर लोसपालगायत अन्य दलसंग पनि गठबन्धन हुनसक्छ ।’