रेलमार्ग हुँदै भारत प्रवेश गर्दा पहिचान खुल्ने परिचयपत्र अनिवार्य
जनकपुर, चैत १८
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअलमार्फत नेपाल रेल सेवाको उद्घाटन शनिवार हुँदैछ ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट भर्चुअल माध्यमबाट शनिबार उद्घाटन गर्दै छन् ।
नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । शनिवार १२ बजे देखि १२ः३० बजे उद्घाटन गरिने समय तालिका रहेको छ । रेल्वेले आन्तरिकरुपमा आवश्यक तयारी सुरु गरिसकेको छ । जनकपुर रेल्वे स्टेशनमा मञ्च निर्माण गरिदैँछ ।
नेपाल–भारतको सिमावर्ती क्षेत्र जयनगरम हुँदै रेल्वे आउने भएको जयनगरमा अतिविशष्ट व्यक्तिहरु रहने र त्यहाबाट प्रजोक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको छ ।
त्यसपछि दवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि रेल्वे कुर्थाका लागि प्रस्थान गर्ने छन् । प्रत्येक स्टेशनमा बालबालिका तथा छात्रछात्राले नेपाल भारतको झण्डा लिएर रेल्वेलाई विभिन्न हल्ट स्टेसनमा स्वागत तथा नागरिक अभिन्दन गर्ने कार्यक्रम रहेको जनाएको छ । उनीहरुलाई समेत सो रेल्वेमा चढाएर कुर्थासम्म ल्याइने छ ।
कुर्थामा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रणुकुमारी यादवले रेल्वेमा चढेर जनकपुरसम्म आउने र त्यहा उद्घाटनको अन्य कार्यक्रम हुने कार्य तालिका रहेको छ ।
रेल्वे संचालनको रुप गरिने सबै प्रकारको आवश्यक तयारी पुरा भईसकेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । भौतिक पुर्वाधार तथा यातायात मन्त्री यादवले रेल्वे संचलन भएपछि धनुषाका स्थानियवासीहरुलाई यातायातको सहजता आउनुको साथै उनीहरुलाई आवतवापत देखि जिवनयापनमा समेत निकै परिवर्तन हुने बताइन् ।
गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुबिहीन) रेल दैनिक एक पटक सञ्चालन हुँदै आएको थियो ।
रेल्वे स्टेशन सजाउने कार्य अन्तिम चरणमा छ । उद्घाटन स्थल जयनगर देखि जनकपुरमा समेत भव्यरुपमा पण्डाल तथा मञ्च निर्माणलगायतका कार्य भईरहेको महाप्रबन्धक झाले बताए ।
भारतको जयनगर देखि जनकपुरधामको कुर्थासम्म ३४.९ किलोमिटरसम्म चल्ने रेल्वे साढे १२ बजे जयनगरबाट चल्ने महाप्रबन्धक झाले भने ।
महाप्रबन्धक झाले दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरे लगत्तै रेल्वे संचालनमा आउने छन् । र आइतबार देखि नियमित दिनको दुई पटक सेवा दिइने जनाएका छन् ।
रेल्वे उद्घाटन पश्चात प्रत्येक स्टेशनमा नागरिक अभिनन्दनका लागि रेल रोकिने उनले बताए । ‘अभिनन्दनका लागि हरेक स्टेशनमा छात्र–छात्राहरु नेपाल र भारतको झण्डा सहित रेल्वेमा आउनुहुन्छ’, उनले भने, ‘कुर्थासम्म पुगेर फर्केपछि जनकपुरधाममा कार्यक्रम हुन्छ ।’
आइतबार देखि नियमित सेवा दिइने रेल विहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्ने छ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्ने छ । त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि निस्कने छ । सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए ।
जयनगर गएको रेल पूनः ३ बजे फर्केर आउने छ भने विहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरि रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताए । उनले यसरी नै रेल्वे नियमित रुपमा सञ्चालन हुने बताए ।
नेपाल सरकारले खरिद गरेको दुईसेट रेल फागुन १ गते देखि ‘ड्राई रन’ गर्दै आएको छ । सुरुमा दिनहु एक पटक चलाएपनि चैत देखि एक दिन छाडेर यात्रु विना सञ्चालन हुँदै आएको छ ।
सावधान ! भारत प्रवेश गर्नुपूर्व साथमा पहिचान खुल्ने परिचयपत्र अनिवार्य
बहुप्रतिक्षित रेल्वे शनिबार उद्घाटन हुँदैछ । जयनगर जनकपुर रेल्वेमा यात्रा गर्दा भारतसम्म जानका लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राख्नुपर्ने हुन्छ ।
त्यसका लागि नेपाली यात्रुले भारत जानका लागि पाँच नियम पालन गर्नुपर्नेहुन्छ ।
ज्यनगर देखि जनकपुर रेलमा यात्रा गर्दा भारतसम्म जानको लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राखेर मात्रै प्रवेश पाउनेछन् ।
सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले रेल्वेको माध्यमबाट यात्रा गर्दा जारी गरिएको पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली नागरिक रहेका परिचयपत्र, नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, आकस्मिक प्रवेशको लागि भारतमा रहेका नेपालको महावाणियदुतावासद्वारा जारी गरिएकोफोटो सहितको सिफारिस पत्र, प्रमाण्पत्र, त्यस्तै १० देखि १८ वर्ष उमेर मुनिका बालकको हकमा स्कुलको फाटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने हुन्छ ।