जनकपुर, चैत्र १८
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नीति निर्माण तहमा अभैm महिलाको प्रतिनिधित्व हुन नसकेको भन्दै स्वाकारेका छन् ।
बिहीबार जनकपुरधाममा आयोजना गरेको जलवायु परिवर्तनको असर र महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले शिक्षा, आर्थिक र राजनीतिकमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्या ज्यूकात्यू रह्ने तर्क उनले गरे । उनले नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए ।
उनले पितृसत्तात्मक समाजले गर्दा महिला विभेदमा परेको स्वीकारे । छोरालाई घुम्ने, खेल्ने छुट दिएको छ, उनले भने–तर, छोरीलाई दायरामा राखिएको छ । यसले समाजमा अभैm महिला उपर विभेद कायमै रहेको प्रष्टयाउँछ । उनले पुरुष प्रधान चश्माबाट हेर्दा समाजमा समस्या निम्तिएको भने । उनले जलवायु परिवर्तनले सबै क्षेत्र प्रभावित भइरहदा यसबाट महिला अक्षुण्ण नरहेको जिकिर गरे ।
बालुवा, गिट्टी बेचेर मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दै यसको निकासी तत्काल रोक्नुपर्ने मुख्यमन्त्री राउतको भनाई थियो । बालुवा, गिट्टी निकासीमा सरकारले रोक लगाएपनि मधेश प्रदेशमा बेरोकटोक निकासी भएको उनले बताए । सरकारले नीति नियम बनाउने हो, उनले भने– कार्यान्वयन गर्ने निकाय नै इमान्दार भएन् । कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै दैनिक चुरे दोहन भइरहेको छ । चुरे दोहनमा प्रयोग गरिएको स्काभेटर, टिपर नियन्त्रणमा लिएको छैन, उहाँले भन्नुभयो–दोहन गर्नेमाथि कारबाही भएको छैन । यस्तो अवस्थामा जलवायु परिवर्तनको प्रभाव देखिनु स्वभाविक हो । चुरे दोहन, वन फडानी, बालुवा गिट्टी उत्खनन् कार्य तत्काल रोक्नुपर्नेमा उनले जोड दिनुभयो । यसकोलागि सुरक्षा निकाय थप सशक्त रुपमा लाग्नुपर्ने धारणा उनको थियो ।
सो अवसरमा प्रदेशसभा सदस्य मञ्जु यादवले वैदेशिक रोजगारले समाजमा महिला हिंसा बढेको जिकिर गरे । उनले महिलाबाटै महिला पीडित रहेको दावी गरे । घरबाटै लैंगिक हिंसाको अन्त्य गर्नुपर्ने धारणा प्रदेशसभा सदस्य यादवले राखे ।
साथसाथैकी अध्यक्ष प्रनिता कार्कीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले चुनौतीपूर्ण भूमिकामा महिलालाई अगाडि ल्याउनुपर्नेमा जोड दिइन् । महिलालाई सशक्त र बलियो बनाउनको लागि चुनौतीपूर्ण भूमिकामा ल्याउनुपर्ने तर्क उनले गरिन् । उनले महिला पनि सक्षम रहेको भन्ने संदेश दिन आफुहरु ५५४० मीटर अग्लो कालापत्थरसम्म पुगेको बताइन् ।
सो अवसरमा मुख्यन्यायाधीवक्ता दिपेन्द्र झा, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायत सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।