
जनकपुर, चैत्र २०
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै जनकपु आएका छन् । उनी विभिन्न कार्यक्रममा सरिक जनाइएको छ ।
सहिद रामवृक्ष यादवका सहपाठी सन्तोषी यादवको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड जनकपुर आएका हुन् ।
अध्यक्ष प्रचण्डले सन्तोषी यादवको पार्थिव शरीरलाई पार्टीको झण्डा ओढाएर सम्मान गर्नेछन् ।
तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र संघर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको हत्या भएको थियो ।
पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको हत्या भएको थियो ।
त्यस्तै महोत्तरीको बर्दिबासमा प्राविधिक विश्वविद्यालयको उद्घाटन अध्यक्ष प्रचण्डले गर्ने कार्यक्रम रहेकाले सो कार्यक्रममा समेत उनी सहभागी हुने नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष दिपक यादवले जानकारी दिए ।