जनकपुर, चैत्र २०

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन निर्वाचन आयोगले तोकेपछि अहिले देशव्यापीरुपमा निर्वाचनको माहौल बनेको छ । निर्वाचन नजिकिएसंगै अधिकांश स्थानीय पालिका प्रमुखहरुले पुनः दोहोर्याउने योजना बुनिरहेका छन् ।

उनीहरुले आफ्ना अवस्था भन्दा पनि मनग्य कमाईको साखको आधारमा पुनः मेयर, उपमेयर र वडाअध्यक्षमा लड्ने तयारी थालेका छन् । तर उनीहरुको मूल्यांकन जनताले कसरी गरेको छ वा करिब पाँच वर्षे कार्यकालमा विकास निर्माण देखि जनअपेक्षा कति पूरा गरेको भनि समिक्षा गर्न आवश्यक नठान्दा जनप्रतिनिधि देखि पार्टीपनि बदनाम हुने पार्टीका कार्यकर्ताहरुको भनाई छ ।

May be an image of one or more people, people standing and outdoorsसो मध्ये मधेश प्रदेशको राजधानी जनकपुरधामको मेयरको पनि समिक्षा जनताले गर्न थालेका छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचन जितेपछि मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा जनादेश विपरित जनकपुरधामको कार्य भएको भन्दै जनप्रतिनिधिको कडा आलोचना भएको छ ।

जनकपुरधामका मेयर लालकिशोर साह स्थानीय तहको निर्वाचन जितेसंगै उनले जनअपेक्षा अनुसार नै पहिलो कार्यपालिकाको बैठकबाट जनकपुरधाम नगरलाई सफा राख्ने र फोहोरमैला व्यवस्थापन गर्नेलगायत विभिन्न निर्णय गरेका थिए ।

तर लामखुट्टे नियन्त्रण, ऐतिहासिक धार्मिक मठमन्दिरको संरक्षण, पोखरीको सौन्दर्यकरण, माटोका भाडा बनाउन प्रोत्साहित गर्ने सहितका निर्णयहरु सो बैठकमा भएको थियो । तर करिब पाँच वर्ष वित्दै गर्दा पनि सो निर्णय अझैसम्म पनि कार्यान्वयन भएको छैन ।

जनकपुरधामका स्थानीयवासीहरुसमेत उनीबाट आजिज छन् ।

फोहोरमैला व्यवस्थापन गर्न माग राख्दै वडा अध्यक्षहरूले मेयरको घरमा लगेर फोहोर थुपारे, कार्यकक्षमा ताला लगाए । तर यसले मेयर साहलाई कुनै असर गरेन ।

 

May be an image of one or more people and people standingजनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्रले फोहोरमैला व्यवस्थापनका बारेमा मेयर साहले एक पटक पनि बैठक नबोलाएको बताउँछिन् ।

जनकपुरधाम वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले जनकपुरधाम उपमहानगरपालिकामा नै रहेका सरसफाइ सामग्री, ट्याक्टर र कर्मचारी मेयरले उपलब्ध नगराउँदा नगर सफा हुन नसकेको बताउँछन् । उनले भने, ‘कार्यपालिकाको पहिलो बैठकले नै शहरलाई पूर्ण रूपमा सरसफाइ गर्ने निर्णय गरेका थियौं । तर मेयरले यसतर्फ पटक्कै ध्यान दिएनन् ।’

May be an image of one or more people, people standing, tree and outdoors

जनकपुरधाम नगरको फोहोर व्यवस्थापनका लागि वडा नम्बर १८ मा ल्याण्डफिल साइट बनाउने निर्णय कार्यपालिकाको बैठकले नै गरेको थियो । त्यसका लागि एशियाली विकास बैंक एडीबीको परियोजनामार्फत ४८ करोड रुपैयाँ बजेट पनि उपलब्ध भयो ।

तर बजेटको सदुपयोग नै गरेनन् । बरु सो बजेट फ्रिज भयो । उनले भने, ‘मेयरले नै चासो नलिंदा बजेट फ्रिज भयो ।’

जनप्रतिनिधि आउनुअघिसम्म जनकपुरधाम उपमहानगरपालिकासँग ६ वटा टिपर र ८ वटा ट्रयाक्टर मात्रै थियो । तर नवनिर्वाचित जनप्रतिनिधिले भएका त्यसलाई पनि सदुपयोग गर्न सकेनन् । उनले भने, ‘टिपर तिरहुतिया गाछीमा थन्क्याइएको छ, ट्रयाक्टर कहाँ राखिएको छ थाहा छैन ।’ वडा नम्बर ७ का वडाध्यक्ष साहले अघि थप्दैँ भने, ‘अहिले मेयरले भाडामा ट्रयाक्टर लिएर काम गराइरहेका छन् ।’

जनकपुरधामलाई सफा राख्न प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले संसदीय कोषबाट दुई वर्षअघि ब्रुमर किनेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्यो । त्यो सो ब्रुमर पनि थन्किएको छ । सडकको धूलो सफा गर्नुपर्ने ब्रुमर आफैं धूलाम्य भएको छ ।

No photo description available.

जनकपुरधाम उपमहानगरपालिकाले किनेको एउटा बस र ट्रक पनि सञ्चालनमा छैनन् । जनकपुरधाम उपमहानगर वडा नम्बर ४ का वडाअध्यक्ष सुदर्शन सिंहले भने, ‘एडीबी परियोजनाबाट बनाएको सडक संरक्षणका लागि सरसफाइ उपकरण किन्न ३ करोड विनियोजन गरिएको थियो । उनले अघि थप्दैँ भने, ‘यो बजेट पनि फ्रिज भयो ।’ पहिला नै रहेका बारुण यन्त्र (दमकल)को मर्मत सम्भारमा पनि नगरले ध्यान दिएनन् । दुईवटै बारुण यन्त्र चल्न सक्ने अवस्थामै छैन, उनले अघि थप्दै भने ।

No photo description available.

मेयर लालकिशोर साहको विलासी जिवन

जनकपुरधाम उपमहानगरपालिकाको मेयर हुनु अघि उनी एउटा भेस्ट र जिन्स पैन्ट वा पैजामा लगाएर पैदल यात्रा गर्ने गरेको जनकपुरधाम वडा नम्बर १० बस्ने रोशन यादवले सम्झिदैँ भने, ‘तर अहिले मेयर लालकिशोर साह मेयर बनेपछि किरिच लागेको कुर्ता पैजामा लगाएर सरकारी सवारीसाधानमा चढ्छन् ।’

No description available.

नगर सफा गर्न चासो नदिएका मेयर साहले आफ्नो कार्यकक्षमा भने एयर कन्डिसनयूक्त शौचालय निर्माण गरेका छन् । चर्को आलोचना भएपछि त्यसलाई हटाएको वडा अध्यक्ष सुदर्शन सिंहले बताए ।

मेयरमा निर्वाचित भएको केही दिनपछि नै उनले १ करोड ३८ लाख रुपैयाँमा फोर्ड कम्पनीको इन्डोभेर गाडी किने । २०७७ को मंसिरमा उनको गाडी दुर्घटना भयो । मर्मतसम्भार गराउँदै कार्यपालिका बैठकमा ३२ लाख रुपैयाँको बिल पेश गरेका थिए । कार्यपालिकामा विरोध भयो, बिल पास भएन । त्यसपछि त्यो गाडी अहिले थन्किएर बसेको छ । गाडीको धेरै पार्टपुर्जा हराइसकेको कर्मचारीहरू बताउँछन् ।
आफ्ना लागि किनेको सरकारी गाडी बिग्रिएपछि मेयर साहले उपमेयरको गाडी चढिरहेका छन् । उपमेयरले भने एडीबी परियोजनाबाट प्राप्त गाडी प्रयोग गरेको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ ।

मेयरमा साहसँग पराजित भएका कांग्रेसका मनोजकुमार साह कृषि नीति बनाउनु त टाढाको कुरा, कुनै किसानलाई एक बोरा मल पनि जनकपुरधाम उपमहानगरले उपलब्ध नगराएको बताए ।

उपमहानगरपालिकाले २०७७ सालमा शिक्षा ऐन बनाएको छ । ऐन बनाउँदै शिक्षक दरबन्दी मिलान गरेपछि यो विषय अदालतसम्म पुग्यो । उच्च अदालत, जनकपुरधामले २८ माघ २०७८ मा दरबन्दी मिलान विरुद्ध अन्तरिम आदेश दिएको छ । उपमहानगरले शिक्षा ऐनको कार्यविधि र नियमावली नै नबनाई दरबन्दी मिलानको नाममा शिक्षकलाई सरुवा गरेको भन्दै अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले यस्तो अन्तरिम आदेश दिएको हो ।

शिक्षक सरुवा विरुद्ध कनकपट्टी माविका निमित्त प्रधानाध्यापक जगदीश साहले उच्च अदालत जनकपुरमा मुद्दा हालेका थिए । शिक्षा ऐन २०२८ को दफा १६ (ज) र शिक्षा नियमावली २०५९ को नियम ९९ मा सरुवा गर्ने अधिकार उपमहानगरपालिकासँग नरहेको भन्दै अदालतले शिक्षा ऐन २०७७ बनाए पनि कार्यविधि र नियमावली अहिलेसम्म नबनाएकोले शिक्षक सरुवा नियमसंगत नदेखिएको अदालतले ठहर गरेको थियो ।

उपमहानगरपालिका शिक्षा अधिकृत अन्जु पाण्डे मुद्दा हाल्ने शिक्षकको हकमा मात्रै अदालतले यस्तो फैसला गरेको बताउँछिन् । अन्तरिम आदेश खारेज गर्न पनि नगरपालिकाले मुद्दा दिएको त्यसमा छलफल भएको उनी बताउँछिन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाले दरबन्दी मिलान गरेको विरुद्ध परेको रिटमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, समन्वय इकाई, संघीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मुद्दा हाल्दा सर्वाेच्चले रिट खारेज गरिदिएको नजिर रहेकाले आफूहरूको दरबन्दी मिलान पनि ठीक हुनेमा पाण्डे ढुक्क छिन् ।

प्राचीन मिथिलाको राजधानी समेत रहेको जनकपुरधामले स्थानीय मैथिली भाषाको पाठ्यक्रम तयारी गरेर लागू गर्ने तयारी भने गरेको छ । उनले २०७९ सालदेखि स्थानीय पाठ्यक्रम लागू हुने बताइन् ।