जनकपुर, चैत २०

यही चैत २३ गतेबाट तीन दिनसम्म “जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८” जनकपुरधाममा हुने भएको छ ।

जनकपुरधाम साहित्य महोत्सवमा नेपाल तथा भारतका विद्वान र कलाकारहरु सहभागि हुने भएको मैथिली विकास कोषले जनाएको छ ।

सो महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानशीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने जनाइएको छ ।

यस महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गरिने कार्यक्रम समेत रहेको कोषको अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए ।

जनकपुरधाम महोत्सवको मुख्य आकर्षणको केन्द्रविन्दु सांस्कृतिक झाँकी सहितको शोभा यात्रा, रंगारंगारंग कार्यक्रम, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाट्य प्रदर्शन, गरमागरम संवाद, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी तथा विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिताको आयोजना गरिने कार्यक्रम रहेको उनले बताए ।

No photo description available.

 

May be an image of text