जनकपुर, चैत्र २१

मधेस प्रदेशमा माओवादीको फुटको असर हुन दिन्नौ : अध्यक्ष प्रह्लाद बुढाथोकी

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा मधेश प्रदेश लगायत अन्य प्रदेशमा पनि विभिन्न दलहरुले आ–आफ्ना गतिविधलाई व्यापकता दिएको छ ।

मधेश प्रदेशमा कुल स्थानीय तह १३६ वटा रहेको छ । गत स्थानीय तहको निर्वाचनमा माओवादीले गत चुनावमा २१ वटा स्थानीय तह हात पार्न सफल भएको थियो । भने अब हुने स्थानीय तहको आगामी निर्वाचनमा ६० वटा स्थानीय तह जित्ने माओवादीको दावी छ ।
तत्कालिन नेकपा माओवादी केन्द्रका नेता प्रभु साह लगायत नेताहरु एमालेमा प्रवेश गरेपछि खास गरी रौतहटमा फुटको असर देखिएको छ । नेता साह एमाले प्रवेश गरेपछि यस प्रदेशबाट ९ जना स्थानीय जनप्रतिनिधिले पार्टी छाडेका छन् । जसमध्ये दुई नगरपालिका प्रमुख र एक गाउँपालिका प्रमुख एमालेमा प्रवेश गरेका छन् ।

पार्टीमा फुटको असर नदेखिने गरी स्थानीय तहमा जितिने प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीको दावी छ । उनले भन, ‘पार्टीबाट प्रभु साहहरु एमाले प्रवेश गरेपछि थोरै असर हुनु स्वाभाविकै हो,’ अध्यक्ष बुढाथोकीले अघि थप्दैँ भने, ‘तर हामीले फुटको असर हुन नदिई अघिल्लोपटक भन्दा सुधार गर्ने प्रयत्न गर्नेछौं ।’

यदि सत्ता गठबन्धन भएमा मधेस प्रदेशमा कुल ६० स्थानीय तह जित्ने बुढाथोकीको दाबी छ । ‘पार्टीका संगठित सदस्य बढेकाले मधेस प्रदेशमा माओवादी बलियो भएको बताउँदै बुढाथोकीले भने, ‘यदि एकल रुपमै प्रतिस्पर्धा भए पनि मधेसमा माओवादीले ३० भन्दा बढी स्थानीय तह जित्छ ।’