काठमाण्डौँ, चैत्र २१

धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

नेकपा माओवादी केन्द्रबाट शहिद परवारको कोटाको नाममा पाएको टिकटबाट निर्वाचित भएकी गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर यादवले माओवादी केन्द्रबाट असन्तुष्ट भई माओवादी परित्याग गर्दै एमालेमा प्रवेश गरेकी हुन् ।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा माओवादीबाट गणेशमान चारनाथ नगरपालिकाको मेयर पदका लाग टिकट नपाउने भएपछि उनी असन्तुष्ट हुँदै भक्तपुरको बालकोटस्थित निवासमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबीच औपचारिकरुपमै एमालेमा प्रवेश गरिन् ।

त्यस्तै तत्कालिन जनमोर्चाबाट गाविस अध्यक्षमा निर्वाचित भएका माओवादी केन्द्रका स्थानीय नेता विष्णुदेव यादव पनि उनीसंगै एमालेमा प्रवेश गरेका छन् ।

उपमेयर यादवले शहिद रामवृक्ष यादवको परिवारका व्यक्ति रहेकाले उनलाई शहिद परिवारको नाममा टिकट माओवादीले टिकट दिएको थियो ।