जनकपुर, चैत्र २२

आगामी नयाँ वर्ष विक्रम संवत् २०७९ का लागि मधेश प्रदेश सरकारले विदाको तालिका सार्वजनिक गरेको छ ।

२०७९ मा मधेश प्रदेश सरकारले विभिन्न ११ दिन सार्वजनिक विदा निर्धारण गरेको तालिकासहितको प्रदेश राजपत्र प्रकाशित गरेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको प्रदेश राजपत्रमो विक्रम संवत् २०७९ वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्ष भरिमा मधेश प्रदेश स्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि नेपाल राजपत्र भाग ५ मा मिति २०७८ चैत २६ गते प्रकाशित नेपाल सरकार गृह मन्त्रालयको सूचनामा उल्लेखित विदाको अतिरित्त थप विदा दिइएकाले सूचना प्रकाशित गरेको जनाइएको छ ।

मन्त्रीपरिषद बैठकले विभिन्न अवसरमा वर्ष भरिमा ११ दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि राजपत्रमा प्रकाशन गरेको छ ।

राजपत्रमा प्रकाशित विदाहरुमा नयाँ वर्ष २०७९ को अवसरमा वैशाख २ गते जुडसितलको सिरुवा पानी र वैशाख २७ गते जानकी नवमी रहेको छ । भने इस्लाम धर्मावलम्वीहरुको ईद उल अजहा, इद उलफित्र र पैगम्बर मोहम्मदको जन्मदिवसको अवसरमा सार्वजनिक विदाको दिने भनिएपनि मिति भने किटान गरिएको छैन । तर सो दिन परेको खण्डमा विदा दिइने भनि सो राजपत्रमा उल्लेख छ ।

त्यस्तै छठ पर्वको पारनको दिन कार्तिक १४ गते, सीताराम विवाहपञ्चमीको अवसरमा मंसिर १२ गते, बलिदानी दिवसको अवसरमा माघ ५ गते, जनयुद्ध दिवसमा फागुन १ गते, होली पर्वको अवसरमा फागुन २४ गते र रामनवमीमा चैत १६ गते सार्वजनिक विदा रहने प्रदेश सरकारले निर्धारण गरेको राजपत्रमा उल्लेख गरिएको छ ।

No description available.

No description available.

No description available.