जनकपुर, चैत्र २२

किसानहरुलाई व्यवसायिक रुपमा तरकारी खेती गरी आत्मनिर्भर बनाउनका लागि तरकारी उत्पादक र व्यवसाय वीच छलफल भएको छ ।
किसानलाई तरकारीबाटै आत्मनिर्भर बनाउनका लागि बजारीकरण आवश्यक रहेकाले तरकारी उत्पादक कृषक र व्यापारी बीच व्यवसायिक बिकास सम्बन्धी छलफल भएको हो ।

मंगलबार धनुषाको शहिदनगर नगरपालिकाको हठ्ठीपुरमा एक किसानले उत्पादन गरेको तरकारीको उचित मुल्य नपाएपछि खेतमै कुहिनु पर्ने तथा किसानलाई आर्थिक क्षति हुने गरेका कारण मुल्य श्रृंखला मार्फत उचित बजारीकरण कसरी गर्ने भन्ने उदेश्यले सो कार्यक्रम गरिएको थियो ।

किसानले उत्पादन गरेको तरकारी उचित मुल्य तथा बिक्रि बितरण नहुदाँ मार्कामा परेको भन्दै बीटा कार्यक्रम मार्फत सो समस्या समाधान हुने कृषि बिकास बैंक, मधेश प्रदेशका क्षेत्रिय निर्देशक तिलक प्रधानले बताए । उनले भने किसानले उत्पादन गरेको स्वच्छ र स्वस्थ तरकारी यस कार्यक्रम मार्फत खेत देखि बजार सम्म पुरयाउने कार्यमा कृषि बिकास बैंकले सहजीकरण गर्ने छ ।

तरकारी उत्पदन गर्ने किसानहरुको आयस्तर बढाइ कसरी ब्यबसायिकरण गर्न सकिन्छ भन्दै उनिहरुको उत्पादन क्षमता बृद्धि गरी बजारको माग र उत्पादनको संतुलन समेत यसै कार्यक्राम मार्फत गर्ने डिजिटल फाइनानसियल अफिसर अम्बिकेश कुमार झा ले बताए । झा का अनुसार बीटा कार्यक्रम संगै किसानहरुलाई बिस्तारै डिजिटलाईज गर्ने र किसान कार्ड मार्फत क्यासलेस बनाउने सरकारको निति रहेको बताए ।

मधेश प्रदेशमा २० हजार घर परिबारलाई यस कार्यक्रम मार्फत प्रत्यक्ष फाईदा हुने भन्दै धनुषामा कृषि बिकास बैंकको खजुरी, सबैला र मिल्स एरिया गरी तिन वटा शाखा मार्फत ७ वर्षका लागि यो कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।

नेपाल सरकार र अर्थ मन्त्रालयको संयुक्त अभ्यास तथा नेपाल सरकारको बजेट भित्र रहेको किसान कार्ड, किसान एप्प तथा क्यास प्वाईन्ट, मर्चेन्टबारे हाम्रो शाखाले किसानको घर दैलोमा पुगेर जानकारी गराई रहेको कृषि बिकास बैंक खजुरी शाखाका फिल्ड सहजकर्ता बिकास राजबंसीले बताए । तरकारी खेतीका लागि किसानहरुलाई यस बैंकले न्युनत्तम ब्याजदरमा ऋण सुबिधा उपलब्ध गराउने उनले स्पष्ट पारे ।