जनकपुर, चैत २२
नेपाली काँग्रेसले मधेस प्रदेश समितिको संगठन विस्तारसंगै जिम्मेवारी समेत बाँडफाँड गरेका छन् ।
काँग्रेसले मधेश प्रदेश समितिको जिम्मेवारी विभाजन गर्दै संगठन विभाग प्रमुखमा मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलाई दिएका छन् ।
काँग्रेस मधेश प्रदेश समितिको उपसभापति समेत रहेका मन्त्री सिंहलाई काँग्रेस मधेस प्रदेश कार्य समितिको बैठकबाट सिंहलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
त्यसैगरी काँग्रेस मधेस प्रदेशका अर्का उपसभापति चन्द्रशेखर कुमार यादवलाई प्रदेश प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको जनाइएको छ । प्रदेश सभापति कृष्ण यादवको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्ष पदमा प्रदीप यादवलाई चयन गरिएको हो ।
प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले प्रस्ताव गरेको कार्य सम्पादन समिति र प्रदेश संसदीय समिति समेत गठन गरिएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रदेशका पदाधिकारीहरूलाई जिम्मेवारी तोकिएको मुख्यसचिव सन्तुप्रसाद यादवले जनाएका छन् ।
सो समितिमा प्रदेश सभापति यादव, उपसभापति द्वय सिंह र चन्द्रशेखर कुमार यादव, महामन्त्री द्वय उपेन्द्रकुमार यादव र वृहस्पतिकृष्ण श्रेष्ठ, सह–महामन्त्रीहरू जयनारायण प्रसाद यादव, परशुराम चौधरी, विन्दुकुमारी यादव र कोषाध्यक्ष प्रदीपकुमार यादव पदेन सदस्य रहने व्यवस्था छ ।