जनकपुर, चैत २२

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धनुषामा नेकपा माओवादी केन्द्र तातिएको छ ।

स्थानीयस्तरमा निर्वाचनको तयारीमा जोडतोडले लागेका माओवादी केन्द्र धनुषाले थप व्यवस्थित र प्रभावकारीरुप अघि बढ्ने भएको छ ।

मंगलबार जनकपुरधाम स्थित माओवादी केन्द्र धनुषाको बैठकबाट पाँच दलसंग केन्द्रमा भएको गठबन्धनमा आवद्ध रहेका दलहरुसंग सहकार्य गर्नका लागि छलफल गर्ने निर्णय गरेको छ ।

सो बैठकबाट विभन्नि निर्णय गर्दै बुधबार देखि वडाका लागि उम्मेदवार छनोट गर्ने निर्णय समेत गरेको जानकारी माओवादी केन्द्र धनुषाका अध्यक्ष दिपक यादवले जानकारी दिए ।

त्यस्तै जिल्लाको सबै पालिकाको अध्यक्ष, सचिव, माओवादी केन्द्रका केन्द्रिय सदस्य र प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा स्थानीय तहको निर्वाचन सम्बन्धी उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने र गठबन्धनसंग सहकार्य तथा छलफललगायतका विषयमा निर्णय भएको अध्यक्ष यादवले बताए ।

पाँच दलीय गठबन्धनमा माओवादी, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।