पर्सा, चैत्र २३
पर्सा सशस्त्र प्रहरीले दुई वटा मालवाहक ट्रकलाई नियन्त्रणमा लिएका छन् ।
करोडौँ रुपैयाँको अवैध सामग्री बोकेको दुईवटा मालबाहक ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
प्रज्ञापन पत्र बिना वीरगन्जबाट पथलैया जाँदै गरेको दुई वटा ट्रकलाई प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको जनाएका छन् ।
ना७ख ९४२ र ना२ख ९५४३ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटेको टोलीले राति साढे ८ बजे ट्रक नियन्त्रणमा लिएको थियो ।
ना७ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको र ना२ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू रहेको जनाइएको छ ।
आवश्यक कारबाहीका लागि दुबै ट्रकलाई बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।