जनकपुर, चैत्र २३

धनुषामा एक यूवकको शव बरामद भएको छ ।

धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ७ स्थित गहुँ खेतमा फ्यालिएको अवस्थामा स्थानीय १८ वर्षीय विजय महराको विभत्सपूर्वक हत्या गरिएको अवस्थामा फेला परेको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले मृतक महराको बायाँ आँखाको निधारमा गोली प्रहार भएको देखिएको जानकारी दिए । उनले पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरिएको समेत देखिएको बताए ।

प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक बस्नेतले प्रारम्भिक अनुसन्धानबाट महराको हत्या नै भएको देखिएको उनको भनाइ छ ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको उनले बताए ।

यता धनुषा प्रहरीले भने सो घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।