काठमाण्डौ, चैत्र २३
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ्य भएका छन् ।
अचानक अस्वस्थ भएपछि अध्यक्ष ठाकुरको उपचार ग्राण्डी अस्पतालमा हुदैँछ । लोसपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नवलपरासी र रुपन्देही गएका अध्यक्ष ठाकुर बुधबार दिउँसो अचानक अस्वस्थ भएपछि हेलिकप्टरबाट उनलाई ग्राण्डी अस्पताल ल्याइएको लोसपाका नेता अकवाल अहमदले बताए ।
अध्यक्ष ठाकुर मंगलबार नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए । आज रुपन्देहीको भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको थियो । अध्यक्ष ठाकुरलाई मुटुसम्बन्धी समस्या छ ।