काठमाण्डौँ, चैत्र २४

सत्तारुढ जनता समाजवादी पार्टी नेपालको हेडक्वार्टर बैठक बसेको छ ।
स्थानीय तहको चुनावमा गठबन्धन गर्दा पार्टीको हिस्सेदारी, उम्मेदवार चयन लगायतको विषयमा छलफल गर्नका लागि हेडक्वार्टरको बैठक बसिरहेको जनाइएको छ ।

काँग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तह निर्वाचनमा तालमेलका लागि तयारी तथा अनुगमन समितिको बैठक बुधबार बसेको थियो ।

सो समितिले सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिले तीन दिनभित्र केन्द्रमा प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।

सो समितिमा सत्ता गठबन्धनमा हालसम्म भएको गतिविधिको बारेमा छलफल भएको जसपा नेपालले जनाएको छ ।

जसपा नेपालले स्थानीय तहबाट उम्मेदवार छनोट गरी जिल्ला हुँदै प्रदेशमा पठाउने क्रम सुरु गरेको छ । प्रदेशले टुंग्याउन नसक्ने उम्मेदवार चयनको प्रकृया केन्द्रलाई पनि पठाउँदै छ ।

जसपा नेपालको हेडक्वाटरमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र नेता अशोक राई छन् ।
बैठक भने जारी नै रहेको छ ।