एजेन्सी चैत्र २५

रुस विरुद्ध एसिया प्रशान्तको गठबन्धन बनाउनका लागि अमेरिका र नेटो लागि परेका छन् ।

यसका लागि दक्षिण कोरिया र जापानी विदेशी मन्त्रीहरुलाई उच्च तहको नेटो सत्रमा पहिलो पटक आमन्त्रण गरिएको छ । रुसलाई एक्लो पार्न र युक्रेनको संकटमा चीनलाई दबाव दिनका लागि नेटोले एसियाबाट सहकार्य खोजेको हो । अमेरिकाले थप मुलुकहरूलाई संकटको पक्ष रोज्न दबाव दिइरहेको विश्लेषकहरुले बताएका छन् । यो नेटोको विश्वव्यापी विस्तारमा सहयोग पु¥याउने अवसर पनि भएको उनीहरुको भनाई छ ।

नेटोका विदेश मन्त्रीहरुले युक्रेनलाई गरिने समर्थन थप बलियो बनाउन ब्रसेल्समा भेटघाट गरिरहेका छन् । उनीहरुले साझेदारसँगको समन्वय अगाडि बढाउन पनि आग्रह गरेका छन् । नेटोको अर्को रणनीतिक अवधारणामा पनि मन्त्रीहरुले सहमति जनाएका छन् । यसलाई जुनमा म्याड्रिड शिखर सम्मेलनमा अन्तिम रुप दिइनेछ । यो रुससँग नेटोको थप सम्बन्धको बारेमा हुनेछ र गठबन्धनको सुरक्षामा चीनको बढ्दो प्रभावको बारेमा पनि हुने बैठककमा जनाइएको छ ।

उनी उच्च ओहदाको नेटो सत्रमा सहभागी हुने पहिलो दक्षिण कोरियाली विदेश मन्त्री भएको योनहापले उल्लेख गरेको छ । दक्षिण कोरिया बाहेक अन्य तीन मुलुकहरु जापान, अस्ट्रेलिया र न्यूजिल्यान्ड पनि नेटोको सत्रमा सहभागी भएका थिए । नेटोको बैठकमा जापानको मन्त्री सहभागी भएको यो पहिलो पटक हो । चार एसिया–प्रशान्तका मुलुकहरूलाई आमन्त्रण गरेर नेटो र अमेरिकाले रुसविरुद्ध थप मुलुकलाई आफूतर्फ आकर्षित गर्ने प्रयासमा लागि परेका छन् ।