महोत्तरी, चैत २५

महोत्तरीको बलवा नगरपालिका स्थित रातो नदीको पुल जोखिमपूर्ण रहेकाले स्थानीयवासीहरुले बाटो अवरुद्ध पारि तत्काल मर्मत सम्भारको माग गरेका छन् ।

जनकपुर–भ्रमरपुरा–बलवा हुलाकी सडकखण्ड अन्तर्गत पर्ने महोतरीको बलवा नगरपालिकाको बनचौरी स्थिति रातो नदीको पुलमुनि खाडल छ । सो पुलमुनिको माटो नै नरहेपछि निकै जोखिमपूर्णरुपमा सवारीसाधान संचालन हुँदै आएको छ ।

स्थानीय वृषेश महतोले लामो समयदेखि आवाज उठाउँदा पनि सरोकारवालले वास्ता नगरेपछि बाध्य भएर सडक अवरुद्ध गरेको जनाएका छन् ।

उनले जोखिमपूर्ण पुल हुँदै चारपांग्र सवारीसधान समेत संचालन गर्दा पनि सोको मर्मत सम्भारका लागि ध्यान नदिँदा स्थानीयवासीहरुले सो पुललाई घेरबार गर्दै सडक अवरुद्ध गरेको बताए ।

स्थानीयहरुले सो पुल मर्मतका लागि माग गर्दै बिहान सडक अवरुद्ध गरि बिरोध जनाएको छ ।

पुलसंगै बनेको खाडलको कारण सवारी दुर्घटना बढेको भन्दै स्थानीयबासीले तत्काल सडक तथा पुल मर्मत बनाउनु पर्ने माग गरेका छन् । सडक नबनाईए पुरै सडक जाम गरीने स्थानीयले चेतावनी समेत दिएका छन् ।