जनकपुर, चैत्र २५

मधेस प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गरेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा रुपान्तरण गरेपछि सञ्चालनमा ल्याइएको भन्दै प्रदेश सरकारको निर्णयबिरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ्ग कलेजका विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थीहरु प्रदेश सरकारबिरुद्ध प्रदर्शन गर्दै मधेश प्रदेशको प्रदेशसभा पनि घेराउ गरेका थिए ।

उनीहरुले जनकपुरधाममा नगर परिक्रमा गर्दै मधेश प्रदेश सरकारबिरुद्ध नारावाजी समेत गरेका छन् ।

No description available.

अस्पताललाई प्रतिष्ठानबाट मुक्त नगरिएसम्म आन्दोलन अझ सशक्त बनाउँदै लग्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

डा. पण्डितले प्रादेशिक अस्पताल प्रतिष्ठानमा गाभेपछि स्वाथ्यकर्मी, कर्मचारी र विद्यार्थीमा समेत अन्योलता उत्पन्न भएको बताए ।

त्यस्तै, नर्सिङ क्याम्पस जनकपुरमा अध्ययनरत्त छात्रा एञ्जिला शर्माले प्रादेशिक अस्पताल गएपछि क्याम्पस पनि जाने भएकाले आन्दोलनमा उत्रिनुपरेको बताइन् । उनले आफूहरू अध्ययन गरिरहेको शैक्षिक पाठ्यक्रम प्रतिष्ठानमा नरहेकाले आफूहरू अन्योलतामा परेको बताइन् ।

मधेस प्रदेश सरकारमातहत रहेको प्रादेशिक अस्पताल प्रतिष्ठानमा गोभिएपछि अधिकांश स्वास्थ्यकर्मी, कर्मचारीहरुमा अलमलमा परेका छन् भने विद्यार्थीहरुलाई शैक्षिक पाठ्यक्रम नमिलेको तथा केही कोर्ष नै यस प्रतिष्ठानमा नरहेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनले बताइन् ।

No description available.

No description available.

No description available.