
एजेन्सी, चैत्र २५
युक्रेनको रेलवे स्टेशनमा भएको रुसी हमला, मा ३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।
युक्रेनको सरकारी रेल कम्पनीले यसको बारेमा जानकारी दिएको हो ।
रुसले यो हमला क्रामाटोस्र्क स्टेशनमा गरेको हो । रुसको हमलाकाबीच पनि क्रामाटोस्र्क काम गरिरहेको रेल स्टेशनको रुपमा थियो ।
युक्रेनका रेल प्रमुखले भनेका छन्, ‘स्टेशनमा दुुई रकेट हमला भएको थियो, जुन पूर्वी युक्रेनबाट बाहिर निस्किने एक ठूलो माध्यम थियो ।’
दोनेत्स्कको क्षेत्रिय गभर्नरका अनुसार प्रहरी र बचाउकर्मीले ठूलो संख्यामा मानिसको लास फेला पारेका थिए र कयौ घायते पनि फेला परेका थिए । जुन समयमा स्टेशनमा हमला भएको थियो, उक्त समयमा यहाँ हजारौ को संख्यामा मानिस हरु रहेको दावीे गरेका छन् ।