
जनकपुर, चैत्र २५
मधेशको अधिकारका लागि आन्दोलनमा होमिएका यूवा अभियन्ता सुशिल कर्ण नेकपा एमालेमा प्रवेश गरेपछि मधेश प्रदेशको राजधानी जनकपुरधाममा एमाले प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।
०७४ को स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० मा वडाअध्यक्षका निकटतम् प्रतिद्वन्दी समेत रहेका यूवा नेता सुशिल कर्ण केहि दिन अघि मात्रै एमालेमा प्रवेश गरेका थिए ।
उनी प्रवेश गरेसंगै जनकपुरधाम स्थित जानकी चोक, देवी चोकलगायतका यूवा, प्रौढदेखि गायिकीसम्म एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार जनकपुरधाममा भएको एक समारोह वीच एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठ, पोलिटव्यूरो समिति सदस्य तथा पूर्वमन्त्री जुलीकुमारी महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रत्यासी उम्मेदवार शिवशंकर साह हिरालगायतका नेताहरुले नवप्रवेशीहरुलाई फुलको माला टिकाटालो गरि पार्टीमा प्रवेश गराएका थिए ।
सो क्रममा पूर्वमन्त्री महासेठ, पूर्वमन्त्री समेत रहेकी नेतृ महतो, यूवा नेता हिरा र यूवा नेता कर्णले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।
यूवा नेता कर्णका अनुसार करिब तीन सय स्थानीय यूवाहरु एमाले प्रवेश गरेको जानकारी दिए ।
एमाले पार्टीमा प्रवेश गर्नेहरुमा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेकी गायिकी शिवानी भगत, जानकी यूवा कमितीका अध्यक्ष विटु पँजियार, संजिव साह, सविस कर्ण, रमेश साह, अभिषेक रौनियार, अभिषेक मण्डल, रमेश मण्डल, अर्जुन बैठा, कृष्ण दास, सुमित झा, प्रिंस भगत, निशांत साह, सुमित मण्डल, राहुल साह, राकेश मण्डल, महेश्वर मण्डल, रुवी मण्डल, सोनावती मण्डल, किरण मण्डल, दिपक मण्डल, रोशनी मण्डल, चाँदनी मण्डल, सिमा साह, राकेशकुमार भगत, सुरेन्द्र कुमार राय, शितलदेवी मण्डल, गरिया देवी भगत, बचिदवी साह सोनार, रामवती ठाकुर, सौरभकुमार भगत, पकंज यादव, अभिशेक मण्डल, करण मण्डललगायतका रहेका छन् ।