
,
एजेन्सी चैत्र २५
दक्षिण भारत को चर्चित फिल्म ‘केजीएफ च्याप्टर १’ को सफलतापछि दर्शक यस फिल्मको दोस्रो भाग ‘केजीएफ च्याप्टर २’ को पर्खाइमा बसेका छन । निर्माण युनिटले भर्खर फिल्मको ट्रेलर सार्वजनिक गरेको छ ।
पहिलो भागको तुलनामा यो अझै सफल बनाउन का लागि धेरै लगानी गरेका छन् । १०० करोडमा निर्माण भएको फिल्ममा क्लाइमेक्स दृश्यका मात्र २५ करोड खर्च गरेका छन् ।
‘फिल्मको च्याप्टर १ को सफलतापछि जसरी दर्शकको जिज्ञासा बढेको छ । त्यो देखेर निर्देशक प्रशान्त नीलले च्याप्टर २ निर्माणमा कुनै कसुर बाँकी राखेको छैन ।’
जुन च्याप्टर १ मा अभिनेता यश देखिएका थिए । यो पात्र निकै लोकप्रिय भएको थियो । च्याप्टर २ मा रकी र अधेरा (संजय दत्त)को पत्रलाई निकै सशक्त ढंगले निर्माण पक्षले प्रस्तुत गरेको बताइएको छ । फिल्मको अन्तिम २० मिनेट का लागि मात्र २५ करोड खर्च गरिएको जनाएको छ ।
जसमा ५०० जुनियर कलाकार समेत प्रयोग गरिएको थियो । फिल्ममा संजय र यशको अलवा रविना टण्डनको समेत मुख्य भुमिका रहेको फिल्मले ओपनिङ ब्यवसाय संसारभर राम्रो गर्ने अपेक्षा फिल्मकर्मीको छ । ‘केजीएफ च्याप्टर २’ हिन्दी, तेलूगू, तमिल र मलायालम भाषामा डब गरिएको छ । फिल्म १४ अप्रिलमा रिलिज हुँदैछ ।