काठमाण्डौ , चैत्र २६
नेपाल आयल निगमको घाटा मा चलिएसँगै ै १५ अर्ब रुपैयाँको कोष रित्तिएका छन । असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित ३० करोड रुपैयाँ मात्रै रहेको जानकारी नेपाल आयल निगमले जनाएका छन ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा निगमको सरकारी कोष रित्तिएको बताएका हुन ।
‘निगमले पछिल्ला समय मा घाटा बेहोर्नुपरिरहेको र, घाटा बढ्दै जाँदा आफूलाई आवश्यक पर्ने रकम निगमले यही कोषबाट खर्च गर्दै आएको । अब सो कोष पनि रित्तियो,’ सह प्रवक्ता कार्कीले भनु भयो ।
उनले चालू आर्थिक वर्ष सुरु भएपछि मात्र निगमलाई घाटा लाग्न थालेपछि मूल्य स्थिरीकरण कोषमा रकम जम्मा हुन सकेको छैन । र उल्टै कोषबाट रकम झिक्दै जानुपर्ने आइपरेको बताए हुन।