जनकपुर धाम , चैत्र २६
आज चैत शुक्ल अष्टमी दिन अर्थात हिन्दुहरूको महान पर्व चैते दसैं ।देवीको पूजा पाट र उपासना का साथ मनाइँदै छ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक महान दसैं पर्ब मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइने दसैंका लाई चैत दसैैैका रुपमा मनाईन्छ ।
पुरानो कथन का अनुसार, पहिले मुख्य दसैँ चैतमा ने पर्ने गर्दथ्यो । तर यो समयमा सुख्खा भएर खडेरी पर्ने,र मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता पाईन्छ ।
चैते दसैं लाई असोजमा पर्ने वडादसैं का जस्तो धुमधामका साथ मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई चैते दसैं भनेर हिन्दुधर्मालम्बीहरुले ्मनाउने गरेका छन ।