जनकपुर, चैत्र २६
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले विभिन्न पालिका तथा वडामा उम्मेदवारी छनोट गर्न थालेका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० मा उम्मेदवार छनोटको कार्य सम्पन्न गरेका छन् ।
वडास्तरीय बैठकबाट अध्यक्षमा सुशिल कर्णसहित ५ जनाको नाम छनोट गरेको जनाइएको छ ।
नेकपा एमाले वडा नम्बर १० कमिटीको अध्यक्ष श्यामकिशोर मण्डलको अध्यक्षतामा बसेको बैठकबाट नवप्रवेशी यूवा नेता कर्णलाई जनकपुरधाम वडा नम्बर १० को वडा अध्यक्षमा उम्मेदवारीका लागि छनोट गरिएको जनाएका छन् ।
त्यस्तै वडा सदस्यहरुमा महेन्द्र प्रसाद साह, प्रदिप मण्डल, रेखा देवि यादव, रंजिता देवी साह खटिक्कलाई दलित महिला सदस्यमा सर्वसम्मतरुपमा उम्मेदवारीका लागि चयन गरिएको एमालेले जानकारी दिएका छन् ।