जनकपुर, चैत्र २६

जनकपुर टि– २० क्रिकेट प्रतियोगितामा पहिलो खेलमा परिवार ११ विजयी भएको छ ।

शनिबार भएको जनकपुर टि– २० खेलमा लखौरी क्रिकेट टिमले दिएको ६८ रनको झिनो लक्ष्य परिवार ११ले मात्र २ विकेटको क्षतिमा पूरा गर्दै विजयी भएको हो ।

६८ रनको लक्ष्य पछ्याएको परिवार ११ले ११ ओभर ३ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो । परिवार ११का लागि राहुल शर्माले ३१ र विभाष यादवले १६ रनको योगदान गरेका थिए ।

लखौरीको बलिंगमा सुरेश मण्डल र उमेश मण्डलले १-१ विकेट हाशिल गर्न सफल भएका थिए ।

यस अघि ब्ययाटिंग गरेको लखौरी टिमका लागि कुनै पनि ब्याट्समैन क्रिजमा जमेर ब्याटिंग गर्न नसकेपछि १६ ओभर २ बलमा मात्र ६७ रनमा समेटिएको थियो । लखौरीको ब्याटिंगमा अभिनाष ठाकुर १७ र रघुनाथ मण्डलले १० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्समैन दोहरा अंकको स्कोरसम्म पुग्न सकेका थिएनन् ।

लखौरीलाई सस्तैमा समेट्न परिवार ११को बलिंगमा राहुल शर्माले सर्वाधिक ४ विकेट लिएका थिए भने सुनिल यादव ३ र राजिव यादवले २ विकेट विकेट लिएका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेल बगेवा क्रिकेट टीम र रोयल जनकपुर तथा दोस्रो एफसीसी क्रिकेट क्लव र जय क्रिकेट क्लव बिच हुने आयोजकले जनाएको छ ।