सिरहा, चैत २६
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिहरु आफ्नो स्थान सुरक्षित खोज्दै दल परिवर्तन गर्ने लहर नै चलेको छ ।
सोही क्रममा आज सिरहाका एक जनप्रतिनिधि एक हप्ता अघि जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेकी थिइन् ।
परित्याग गरेको साता नवित्दै औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
शनिबार कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले उनलाई स्वागत गर्दै पार्टी भित्र प्रवेश गराएकी छिन् ।
उनले पार्टीले हरहमेशा असहयोग गर्ने गरेको भन्दै पार्टी छाडेको बताइन् ।
उनीसहित जसपा र अन्य पार्टीका दर्जनौँ नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसले भने उनलाई उपाध्यक्षको टिकट दिने आश्वासन दिएपछि उनी प्रवेश गरेको काँग्रेसजनको भनाई छ ।