एजेन्सी, चैत्र २७

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको विविसीले जनाएको छ ।

उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत समेत पुगेका थिए ।

बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई उल्टाएको थियो । जसमा विपक्षीहरुले इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को हवाला दिँदै खारेज गरेको थियो । त्यसपछि अविश्वास प्रस्तावमाथिको छलफलको बाटो पुनः खुलेको थियो ।

संसदबाट अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तानले फेरि एक पटक संविधान र कानुनलाई स्थापना गरेको बताएका छन् ।
उनले भने, ‘ हामी कसैसँग बदला लिँदैनौँ, कानुनले आफ्नो काम गर्छ ।’

अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बैलावाल भुट्टोले अप्रिल १० अर्थात आजको दिनको ऐतिहासिक महत्व भएको बताए । उनले सन् १९७३ को अप्रिल १० मा सदनले संविधान पारित गरेको स्मरण समेत गरे ।

पूर्व क्रिकेटर खान अगस्ट १८, २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।