जनकपुर, चैत्र २७

सीताको जन्मभुमि नगरी जनकपुरधाममा राम नवमी पर्व धूमधामका साथ मनाइदै छ ।

रामनवमी पर्वमा संघीय सरकारले सार्वजनिक विदा समेत दिएको छ । रामनवमीको अवसरमा राम मन्दिर र जानकी मन्दिरमा विशेष तयारी गरेको जनाइएको छ ।

रामको जन्म चैत शुक्ल नवमी तिथिको दिन भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा राम नवमी पर्व विशेष उत्साहका साथ मनाइँदै आएको छ । जनकपुरधाममा भगवान रामको ससुराली भएकाले पनि यहाँ यस पर्वको विशिष्ट महत्व रहेको छ ।

राम नवमी पर्वको अवसर पारेर जानकी मन्दिरले आज विशेष पूजापाठ सहितको तयारी गरेको छ । जानकी मन्दिरमा चैते दशैँ र राम जन्मोत्सवको अवसर पारेर भारतको गोवद्र्धन मठका निश्चालानन्द सरस्वती शंकराचार्यले प्रवचन दिने कार्यक्रम छ ।

No description available.

रामनवमीको दिन जानकी मन्दिरमा हजारौँ श्रद्धालु भक्तजनहरुको सहभागिता हुने गरेका छन् । शंकराचार्य निश्चालानन्द सरस्वती महाराज शनिबार जनकपुरधामै छन् भने आज दिउँसो उनले प्रवचन दिने कार्यक्रम रहेको जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।

No description available.

यस अवसरमा तयारी गरिएको राम मन्दिरका महन्त राम गीरिले जानकारी दिए । राम मन्दिरमा हुने रामनवमी पूजाको सम्पूर्ण तयारी गुठी संस्थानले गर्दै आईरहेको छ । आइतबार रामको जन्मोत्सवको अवसरमा विधिवत पूजा अर्चना गरिने र साँझमा बधाई गान सहित झाँकी र गीतनाद समेत हुने राम मन्दिरका महन्त गिरीले बताए ।

No description available.

विगत दुुई वर्षदेखि कोरोना संक्रमणको महामारीका कारण राम नवमी पर्व प्रभावित हुँदै आईरहेको थियो ।
तर यस वर्ष नेपाल रेल्वे यात्रुहरुलाई सेवा दिन शुरु गरि सकेको छ । जसले गर्दा श्रद्धालु भक्तजनहरुको ठूलो संख्यामा जानकी मन्दिर र राम मन्दिरमा भिडभाड हुने छ ।

No description available.

भारतस्थित चेन्नईको एक गैरसरकारी संस्था भारत ज्ञानले वर्षोको अनुसन्धान पछि रामको जन्म ५११४ ई.पू. १० जनवरीमा भएको जिकिर गरिएको छ ।

No description available.

सीतासँग रामको विवाह भएकाले मिथिलासँग उनको प्रगाढ सम्बन्ध छ । उनको विवाह मिथिला नरेश जनकको पुत्री सीतासँग भएको थियो । भगवान राम विवाहका लागि विश्वामित्र ऋषिसंगै जनकपुरधाम आएका थिए । सीता अर्थात जानकीसँगको पहिलो भेट गिरिजा स्थानमा भएको थियो, स्वम्बर रंगभूमी मैदानमा र विवाह मणिमण्डपमा भएको अवशेषहरु अहिले पनि तत्कालिन मिथिलाको राजधानी जनकपुरधाम हो ।