जनकपुर, चैत २७
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने भएपछि दलीय देखि निर्दलीयरुपमा उम्मेदवारी घोषणा हुन थालेको छ ।
सत्तारुढ गठबन्धन दल आन्तरिक तयारीमा रहेकै बेला नेकपा एमालेले भने उम्मेदवारी छनोट प्रक्रियालाई अघि बढाएका छन् ।
नेकपा एमालेले मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि शिवशंकर साह (हिरा) को नाम सिफारिस गरेको छ ।
आइतबार नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका साहको नाम मेयर पदका लागि छनोट गरिएको एमाले जनकपुरधाम नगर समितिका सचिव राजुकुमार साहले जानकारी दिए ।
नगर सचिव राजुकुमारी साहले जनकपुरधाम उपमहानगरको प्रत्यासी उम्मेदवारको रुपमा र सर्वसम्मतरुपमा सिफारिस गरिएको बताए ।
त्यस्तै जनकपुरधाम वडा नम्बर १० को वडाअध्यक्षको पदमा सुशिल कर्णको नाम वडास्तरीय बैठकबाट सर्वसम्मतरुपमा छनोट एमालेले गरिसकेको छ ।