जनकपुर, चैत २६
रामनवमीको अवसरमा जानकी मन्दिरले आयोजित गरेको कार्यक्रममा भारतको गोवद्र्धन मठका निश्चालानन्द सरस्वती शंकराचार्यले नेपालका राजनीतिज्ञहरुलाई चेतावनी दिएका छन् ।
आइतबार जानकी मन्दिरमा आयोजित हिन्दु सम्मेलनमा श्रीमज्जगदगुरू शंकराचार्य निश्चालानन्दले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वितण्डा मचाएको भन्दै चेतावनी दिँदै मृत्यूपछि धर्मले नै साथ दिने हुनाले हिन्दु धर्म र पूर्वजप्रतिको ज्ञान राख्न समेत नेताहरुलाई चेताएका हुन् ।
नेपाल सुरक्षित रहे मात्रै भारत सुरक्षित रहन हुनाले दुई देशको सुरक्षाका लागि पनि हिन्दु राष्ट्र अपरिहार्य रहेको बताए ।
उनले नेपाल हिन्दु राष्ट्र नै रहेकोले कुनै नेताको पछि लाग्नु आवश्यकता नरहेको भन्दै नेपाली साधु सन्तलाई सम्बोधन गर्ने क्रममा भने ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उनले हिन्दुवादी नेता तथा कार्यकर्तालाई हिन्दु धर्मप्रति जोड दिँदै जनस्तरमा विभिन्न किसिमका गतिविधिहरु गर्न समेत सुझाव दिए ।
नेपाल र भारतको सांस्कृतिक धरातलमा एकरुपता रहेपनि पछिल्लो समय नेपाल चिनको षडयन्त्रमा फसेकाले सावधान हुनु आवश्यक रहेको उनको भनाई थियो ।
शंकराचार्यले नेपाल र भारत दूबै देशले आफूलाई हिन्दु राष्ट्र कायम गर्यो भने एक वर्ष भित्रै विश्वका १५ वटा देश आफूलाई हिन्दु राष्ट्र कायम हुने बताए ।